२८ जेठ २०८३, बिहीबार

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

पुस १३, २०८१
काठमाडौं
श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज आज नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । आज बिहान ११ः५५ बजे काठमाडौँ अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका लागि प्रस्थान गरे । 

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्