
संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्ने तय भएको छ ।
बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।