
अहिले अफगानिस्तानमा शासन गरिरहेको तालिबानले जवाफी कारबाही स्वरूप पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ।
उसले यो आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलका कम्तीमा एक सैनिक मारिएको र सातजना घाइते भएको दाबी गरेको छ। यो कारबाही शनिबार बिहान गरिएको हो।
अफगानिस्तानको खोस्त शहरमा हजारौं मानिस पाकिस्तानविरुद्ध प्रदर्शन गरिरहेको देखिएको छ।
यी विरोध प्रदर्शन यसै हप्ता पाकिस्तानले अफगानिस्तानका सीमावर्ती क्षेत्रमा गरेको आक्रमणको विरोधमा गरिएको हो।
आक्रमणपछि तालिबानले पाकिस्तानलाई जवाफ दिने चेतावनी दिएको थियो।
२४ डिसेम्बरको रातमा पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तको बर्मल जिल्लामा गरेको हवाई आक्रमणमा ४६ जना मारिएका थिए। तीमध्ये अधिकांश महिला र बालबालिका थिए।