२९ जेठ २०८३, शुक्रबार

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

पुस १४, २०८१
सुर्खेत
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

कर्णाली प्रदेशका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले बताए । 

प्रयोगशाला सञ्चालन गर्न नौ जना प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उनले जानकारी दिए । 

प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९/०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ । यसबाट वार्षिक २० लाख आम्दानी पनि भएको उनले बताए । 
     
प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव–बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ ।   

salt training

कमेन्ट गर्नुहोस्