२१ जेठ २०८३, बिहीबार

जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ : प्रधानमन्त्री

पुस १४, २०८१
पर्सा
जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए ।

'हामी क्रान्तिकारी हौं । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ,' उनले भने, 'मधेश केन्द्रित राजनीतिक दलका नेताले संविधानकै धाराको राजनीतिमा जनतालाई अल्मल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौं ।'

मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरूले जोड दिएको उनको भनाइ छ । 'यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्,' प्रधानमन्त्री ओलीले भने, 'अब तर्क गरिरहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो ।'

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक शहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्त्व दिएको र अब पुनः ती कामले गति लिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्