१५ असार २०८३, सोमबार

विद्यार्थीको अनुहारमा 'स्वदेशमै केही गरौं' भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

पुस १४, २०८१
काठमाडौं
विद्यार्थीको अनुहारमा 'स्वदेशमै केही गरौं' भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औं दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको पाएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको बताएका हुन् । 

'दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौं भन्ने भाव झल्केको थियो,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्रिविको दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुन सहभागी भएका थिए ।

समारोहमा विभिन्न पुरस्कार प्रदान गरिएको थियो । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्