
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानवीर राईले सोलुदूधकुण्ड नगरपालिकाको प्रशासानिक भवनको आज संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
नगरपालिकाले जिल्ला सदरमुकाम सल्लेरीमा निर्माण गर्न लागेको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले विकासलाई दिगो र स्थायित्व दिन राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । उनले वर्तमान सरकार राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि बनेको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, “यो सरकार दुई तिहाइ बहुमतसहित बनेकाले विकासमा कमजोरी गर्ने छुट हामीलाई छैन, सरकार र जनप्रतिनिधि भनेको कुनै पार्टीको नहुने भएकाले सबैलाई मान्य हुनेगरी साझा कार्यक्रमका साथ अघि बढ्छौँ ।”
रक्षामन्त्री राईले एमाले र कांग्रेस मिलेर बनेको वर्तमान सरकाले विकास र परिवर्तनको सुरुआत गरेको बताए ।