२१ जेठ २०८३, बिहीबार

मुलुक महाशक्ति राष्ट्रको रणनीतिक क्रिडास्थल बन्ने खतरा छ : कमल थापा

पुस १५, २०८१
काठमाडौं
मुलुक महाशक्ति राष्ट्रको रणनीतिक क्रिडास्थल बन्ने खतरा छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष थापाले मुलुक महाशक्ति राष्ट्रहरूको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् । 

स्व. राजा बिरेन्द्रको बहुआयामिक ब्यक्तित्व विषयक विचार गोष्ठीमा बोल्दै थापाले देशको सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको बताए । यस्तो दूरावस्थाको फाइदा उठाउँदै विदेशी दबाब र प्रभाब बढ्न थालेको उनको भनाइ थियो । 

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भैरहेको भन्दै थापाले आर्थिक संकट, भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तनलगायत विषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताए । राष्ट्रवादी शक्तिहरू एकजुट भएर व्यवस्था र अवस्था बदल्न लाग्नु पर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्