२८ जेठ २०८३, बिहीबार

भालुवाङ–नर्ती सडकमा ‘टाइमकार्ड ’

पुस १५, २०८१
काठमाडौं
भालुवाङ–नर्ती सडकमा ‘टाइमकार्ड ’

दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । 

आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायत सरोकारवाला कार्यालयको बैठकले टाईम कार्ड लागु गर्ने निर्णय गरेको हो ।

आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।  उनका अनुसारप्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरी टाइमकार्ड लागू गरिएको हो ।  

जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन् । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्