२१ जेठ २०८३, बिहीबार

संस्कृतिमा हामी नेपाली धेरै धनी छौं : प्रधानमन्त्री

पुस १५, २०८१
काठमाडौं
संस्कृतिमा हामी नेपाली धेरै धनी छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका हुन् । 

उनले सन्देशमा भनेका छन्, 'संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना ! तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ,' उनले भनेका छन् । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्व रहेको बताइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्