३० जेठ २०८३, शनिबार

ओलीले रावल र देउवाले मलाई पार्टीबाट निकाले : कर्ण मल्ल

पुस १५, २०८१
काठमाडौं
ओलीले रावल र देउवाले मलाई पार्टीबाट निकाले : कर्ण मल्ल

नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लले शेरबहादुर देउवाले आफूलाई निकालेजस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पार्टीबाट निकालेको बताएका छन् ।

साधारण सदस्यसमेत नरहने गरी एमालेबाट कारबाहीमा परेका रावलसँग भेटेपछि मल्लले यस्तो बताएका हुन् । 

‘मलाई शेरबहादुर देउवाले कांग्रेसबाट निकालेजस्तै केपी ओलीले भीम रावललाई निकाल्नुभयो,’ मल्लले लोकान्तरसँग भने, ‘एउटै भूगोलको दाजुभाइलाई दुःख दिएपछि राजनीतिक रूपमा सँगै जान सकिन्छ कि भनेर छलफल गरेका छौं ।’ 

सुदूरपश्चिमको एउटै भूगोलबाट प्रतिनिधित्व गर्ने भएकाले मिलेर जानुपर्ने दायित्व पनि भएको उनले बताए । 

‘उहाँले एमालले गरेको कारबाहीबारे बुधबार पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ,’ मल्लले भने, ‘एउटै भूगोलबाट प्रतिनिधित्व गर्ने भएपछि मिलेर जान सकिन्छ कि भनेर पनि छलफल भएको छ । हामी संवादमा छौं ।’ 

रावल आफू निकट र साथ दिन सक्ने नेताहरूसँग संवादमा छन् । 

मल्ल कुनै समय नेपाली कांग्रेसका डडेल्धुरा सभापति थिए । तर देउवासँग सम्बन्ध चिसिएपछि उनी कांग्रेसबाट बाहिरिएका थिए ।

रावलाई भेट्न मल्लसँगै सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशी पनि पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्