२८ जेठ २०८३, बिहीबार

राजदूत शर्माले दिल्लीमा शुरू गरे दोस्रो कार्यकाल

पुस १५, २०८१
काठमाडौं
राजदूत शर्माले दिल्लीमा शुरू गरे दोस्रो कार्यकाल

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो दोस्रो कार्यकाल शुरू गरेका छन् । उनले सोमबारदेखि नयाँ दिल्लीस्थित दूतावासमा कार्यभार सम्हालेका हुन् । शर्मालाई दूतावासका कर्मचारीहरूले स्वागत गरे ।

सरकारले शर्मालाई दोस्रो पटकका लागि भारतको राजदूतमा पठाएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही पुस ३ गते भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । 

शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म भारतमा राजदूत थिए । चार वर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत जेठ अन्तिममा शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । 

तर, कांग्रेस-एमालेको सरकार बनेपछि शर्मालाई साउन १४ मा पुनः भारतका लागि राजदूत सिफारिस गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्