२२ जेठ २०८३, शुक्रबार

गर्भवती महिलाले चुरोट सेवन गरिन् भने के हुन्छ?

पुस १५, २०८१
काठमाडौं
गर्भवती महिलाले चुरोट सेवन गरिन् भने के हुन्छ?

तपाईंलाई थाहै छ, चुरोट सेवन स्वास्थ्यका लागि हानिकारक छ। चुरोटको बट्टामै चुरोट पिउँदा हुने हानी झल्किने चित्र देखाइएको हुन्छ । 

तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ—यदि कुनै गर्भवती महिलाले चुरोट सेवन गरिन् भने के हुन्छ?

यो प्रश्न अझ महत्त्वपूर्ण बन्छ, किनभने आजको समयमा धेरै युवतीहरू चुरोट सेवन गर्ने गरेको देख्न सकिन्छ। विशेष गरी काठमाडौं, पोखरालगायतका शहरी क्षेत्रमा चुरोट सेवन गर्ने महिलाको संख्या बढ्दो क्रममा छ। 

यस्तो अवस्थामा धेरैले सोच्ने गर्छन्—यदि कुनै गर्भवती महिलाले चुरोट सेवन गरिन् भने कस्तो असर पर्छ? यस विषयमा गुरुग्रामस्थित सीके बिरला अस्पतालका डा. कुलदीप कुमार ग्रोवरले केही जानकारी दिएका छन् । 

चुरोट सेवन गर्भवती महिलाका लागि किन हानिकारक?
डा. ग्रोवरका अनुसार, चुरोट सेवन गर्भवती महिलाका लागि मात्र नभई उनको गर्भमा हुर्किरहेको शिशुको लागि पनि अत्यन्तै खतरनाक हुन्छ।

यदि कुनै गर्भवती महिलाले चुरोट सेवन गरिन् भने...

शिशुको स्वास्थ्यमा असर पर्छ । बच्चामा संक्रमणको सम्भावना हुन्छ। शिशुको कमजोर अंगहरूमा क्षति पुग्न सक्छ। अंगहरूको विकासमा बाधा पुग्न सक्छ। शिशुको फोक्सोमा समस्या उत्पन्न हुन सक्छ।

डा. ग्रोवर भन्छन्, ‘गर्भवती महिलाले चुरोट सेवन तुरुन्तै बन्द गर्नुपर्छ। यसले बच्चाको कोषिका निर्माणमा बाधा पुर्‍याउँछ। त्यसैले महिलाहरूले गर्भवती हुनु अगावै चुरोटको आदत त्याग्नुपर्छ। गर्भावस्थामा पनि चुरोट सेवन जारी राखेमा शिशुको स्वास्थ्यमा गम्भीर समस्या हुन सक्छ।’

साथै, डाक्टरले पोषणयुक्त आहार सेवन गर्न सुझाव दिन्छन्, जसले महिलाको स्वास्थ्य मात्र होइन, बच्चाको पनि राम्रो विकास सुनिश्चित गर्छ।

स्वस्थ शिशुका लागि ध्यान दिनुपर्ने कुरा : चुरोट तुरुन्तै छोड्नुहोस्। पोषणयुक्त आहारमा ध्यान दिनुहोस्। डाक्टरको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गराउनुहोस्।

चुरोट सेवन गर्नु गर्भवती महिलाका लागि खतरनाक मात्र होइन, शिशुको जीवनलाई पनि जोखिममा पार्ने कार्य हो। गर्भावस्थामा सही निर्णय लिनुले तपाईं र तपाईंको शिशुको स्वस्थ जीवन सुनिश्चित गर्छ।

salt training

कमेन्ट गर्नुहोस्