११ साउन २०८३, सोमबार

घरदैलो अभियानमा लडे राजेन्द्र पाण्डे, टाउकोमा गम्भीर चोट

कात्तिक २९, २०७४
घरदैलो अभियानमा लडे राजेन्द्र पाण्डे, टाउकोमा गम्भीर चोट

काठमाडौं, २९ कात्तिक– चुनावी प्रचारको लागि घरदैलो अभियानमा हिडेका एमाले उम्मेदवार घाइले भएका छन् ।
धादिङ प्रदेशसभा क्षेत्र नंबर १को ‘क’  एमाले उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे  चिप्लिएर लड्दा घाइते भएका हुन् 
सयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा धुनिबेशी नगरपालिका ७ तोप्लाङबाट लिखु जाने क्रममा लडेर  पाण्डे घाईते भएका हुन् ।  लडेर टाउको, निधार, गाला र हातमा चोट लागेको उनका सहयोगी निदेश घिमिरेले बताए  । 
घिमिरेले लोकान्तरसंग भने,‘ भिरालो र चिप्लो बाटो थियो । उहाँ लड्नु भयो ढुङ्गामा टाउँको ठोकिएर गम्भीर चोट लागेको छ ।उपचारको लागि हामीले भर्खरै मात्रै मनमोहन अस्पतालमा ल्याएका छौं ।’
घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्