
स्प्याडेक्स मिशनको सफल प्रक्षेपणसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले भारतको अन्तरिक्ष यात्रालाई नयाँ उचाइ दिएको छ ।
यो सफलताले भारतलाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा थप स्थापित गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको मिसनले भारतलाई अन्तरिक्षमा मानिस पठाउने र अन्तरिक्ष स्टेशन निर्माण गर्ने दिशामा एक कदम अगाडि बढाएको समाचारमा उल्लेख छ ।
इसरोले आगामी वर्षमा धेरै ठूला र महत्वाकांक्षी मिशनहरूमा काम गरिरहेको समाचारमा उल्लेख छ ।
गएराति ११ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको स्प्याडेक्स मिशनको उद्देश्य अन्तरिक्ष यानलाई 'डक' र 'अनडक' गर्न आवश्यक प्रविधिको विकास र प्रदर्शन गर्नु हो ।
स्प्याडेक्स मिशन लागत-प्रभावी प्रविधि प्रदर्शन गर्ने मिशन हो ।