२१ असार २०८३, आइतबार

नयाँ वर्षको उपहार : रक्सीले मातेकालाई प्रहरीले हिरासत होइन होटेल पुर्‍याइदिने !

पुस १६, २०८१
काठमाडौं
नयाँ वर्षको उपहार : रक्सीले मातेकालाई प्रहरीले हिरासत होइन होटेल पुर्‍याइदिने  !
फाइल तस्वीर

भोलिदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२५ शुरू हुँदै छ । अंग्रेजी नयाँ वर्षमा मानिसहरू घुमघाम र रमाइलो गर्छन् । 

घुमघाम र रमाइलो अबेर वा रातिसम्म हुन्छ । तर, रातिसम्म रमाइलो गर्दा धेरै ठाउँमा स्थानीय प्रशासनले दु:ख दिन्छ । अझै मदिरापान गरेर होहल्ला गर्नेलाई त प्रहरीले हिरासतसम्म पुर्‍याउने गर्छ ।

तर, भारतको हिमाचल प्रदेश प्रहरीले नै भने अब मदिरा पिएर मातेकाहरूलाई चौकी होइन होटेलसम्म पुर्‍याइदिने भएको छ ।

हिमाचलमा २४ डिसेम्बरदेखि विन्टर कार्निवल चलिरहेको छ । जनवरी २ सम्म विन्टर कार्निवल चल्ने छ र त्यो अविधिमा खाद्यान्न पसल, ढाबा, होटल, रेष्टुरेन्टहरू २४ घण्टा खुला रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रक्सी पिएर बाहिर निस्कनेहरूलाई प्रहरीले हिरासतमा होइन सम्मानपूर्वक होटलसम्म पुर्‍याइ दिने छ । 

यसबारे मुख्यमन्त्री सुखविन्द सिंह सुखुले भनेका दुईवटा कुराको अहिले भारतभर निकै चर्चा भैरहेको छ । यसलाई उनले नयाँ वर्षको उपहार भएको बताएका छन् । 

उनले भनेका छन्, 'विन्टर कार्निभलमा आफ्नो परिवारसँग आउने पर्यटकलाई समस्या परेमा हिरासतमा राख्नु हुँदैन । बरु होटेलमा छाड्नु पर्छ। हिमाचलमा पाहुनाको सम्मान गरिन्छ, यो पालना गर्नुपर्छ। कोही रक्सीले मात्तिएर बाटोमा हिँडिरहेको छ भने उनीहरूलाई सही ठाउँमा लगिनेछ ।' हिमाचलमा कांग्रेस नेतृत्वको सरकार छ ।

salt training

कमेन्ट गर्नुहोस्