३० असार २०८३, मंगलबार

जनतामा उकुसमुकुस छ, कांग्रेसले उपाय निकालोस् भन्ने छ : गगन थापा

पुस १६, २०८१
काठमाडौं
जनतामा उकुसमुकुस छ, कांग्रेसले उपाय निकालोस् भन्ने छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास र समृद्धि नहुँदा जनतामा उकुसमुकुस रहेको बताएका छन्  ।

मकवानपुरमा भएको एक कार्यक्रममा मंगलबार महामन्त्री थापाले समस्याको समाधान कांग्रेसले निकालोस् भन्नेमा नागरिक रहेका बताएका हुन् । 

‘५/५ वर्षमा चुनाव भइरहेको छ । सहज सत्ता हस्तान्तरण भएको छ । संविधान बनेको छ । ठीकठाक हुँदा पनि देशभित्र उकुसमुकुस छ । प्रगतिको भोक र छटपटी छ,’ थापाले भने, ‘तर अहिले जनताले अँध्यारोबाट नेपाललाई उज्यालोमा लिएर गएकोमा धन्यवाद दिएका छन् । तर यतिबाट पुगेन अब मलाई विकास चाहिएको छ । अब टेलिभिजनमा बाहिर देखेको जस्तो विकास हेर्ने रहर छ । उन्नती हुन्छ भन्ने भोक कांग्रेसले पूरा गर्ने उपायको निम्ति कांग्रेसले प्रयास गरोस् भन्ने छ ।’

थापाले पुरानो कुरामा अड्किएर बस्न नहुने भन्दै जनताले बोध गर्ने गरी विकासको मार्गमा अगाडि बढ्नुपर्ने बताए । यसका लागि कांग्रेसले प्रयास गर्नुपर्ने उनको भनाइ छ । 

फरक प्रसंगमा महामन्त्री थापाले तोकिएकै समयमा महाधिवेशन हुने भन्दै नआत्तिन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्