३० जेठ २०८३, शनिबार

श्रीमतीलाई सत्ता सुम्पिन खोज्दा जिम्बाबेमा भयो यस्तो, सैनिक ‘कु’

कात्तिक ३०, २०७४
श्रीमतीलाई सत्ता सुम्पिन खोज्दा जिम्बाबेमा भयो यस्तो, सैनिक ‘कु’

जिम्बाबे, ३० कात्तिक—जिम्बाबेको सेनाले सैनिक ‘कु’ गर्दै राष्ट्रपति रोबर्ट मुगाबेलाई घरमा नै पक्राउ गरेर राखेको छ । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले मुगाबेले आफूलाई टेलिफोनमार्फत आफू घरमा नै रहेको र सकुशल रहेको जानकारी गराएको पुष्टि गरेका छन् । 
जिम्बाबेमा सत्ता हस्तान्तरणको विषयलाई लिएर उत्पन्न संकटबीच सेनाले बुधबार बिहान सरकारी टेलिभिजन कब्जा गर्दै ‘मुगाबे सुरक्षित रहेको उनका वरिपरिका अपराधी’ विरुद्ध कारबाही गरिएको बताएको थियो । राजधानी हरारेमा सेनाले गस्ती गरिरहेको छ । 

एजेन्सीलाई उदृत गर्दै आजको राजधानी दैनिक लेख्छ—जिम्बाबेमा लामो समयदेखि सत्तामा रहेका ९३ वर्षीय राष्ट्रपति मुगाबेले केही दिनअघि उत्तराधिकारीको विषयलाई लिएर भइरहेको संकटबीच उपराष्ट्रपति इमर्सन मान्नागागावालाई बर्खास्त गरेका थिए । गत साता मान्नागागावालाई बर्खास्त गरेपछि मुगाबेकी श्रीमती ग्रेसीलाई भावी राष्ट्रपति बन्ने बाटो खुला भएको अनुमान गरिएको थियो । 
राष्ट्रपति मुगाबेको निर्णयलाई त्यहाँका सेना प्रमुख कोन्सटंटिनो चिभेन्गाले चुनौती दिएका थिए । सोही अनुसार बुधबार बिहानै राजधानी हरारेमा टेलिभिजन नियन्त्रणमा लिएको थियो भने राजधानीमा केही विस्फोट र गोली चलेका घटनासमेत बाहिर आएका छन् । 
मुगाबेले बेलायतबाट स्वतन्त्र भएपछि सन् १९८० देखि जिम्बाबेलाई नेतृत्व प्रदान गर्दै आएका थिए । बेलायत र अमेरिकाले जिम्बाबेको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफ्ना नागरिकलाई अर्को सूचना प्राप्त नभएसम्मका लागि अन्य स्थानमा नजान आग्रह गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्