
प्रहरी नायव महानिरीक्षक पदमा ५ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक ईश्वर कार्कीसहित ५ जनाको बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिले बिहीबार बसेको बैठकले कार्कीसहित राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सिफारिस गरेको हो। सिफारिससम्बन्धी सूचना बिहीबार नै प्रकाशित गरिसकिएको मन्त्रालयले जनाएको छ ।