
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल अहिले भैहरेको छ । अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा भारतले खराब शुरूआत गरेको छ ।
३० ओभरपछि भारतीय टोलीको स्कोर ६५ रन छ । भारतका तीन महत्वपूर्ण ब्याटर आउट भएका छन् ।
यशस्वी जैजवाल १०, केएल राहुल ४ र शुभमन गिल २० रन बनाएर आएट भए । अहिले विराट कोहली र रिशभ पन्त खेलिरहेका छन् ।
त्यसअघि १७ रनको स्कोरमा दुई भारतीय ब्याट्सम्यान प्याभिलियन फर्किएका थिए । भारतीय टोलीको पहिलो विकेट ११ रनमा खसेको थियो ।
यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ । पहिलो खेल भारतले जितेको थियो । यसबाहेक ब्रिसबेनमा भएको खेल बराबरीमा रोकिएको थियो । यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।
रोहित शर्मालाई आराम दिइएको छ । रोहितको स्थानमा जसप्रित बुमराहले टिम इन्डियाको कप्तानी गरिरहेका छन् ।
भारतले ४७ वर्षदेखि सिड्नीमा जित निकाल्न सकेको छैन । पछिल्लो १३ वर्षमा भारतीय टोलीले हार बेहोरेको छैन ।