३२ असार २०८३, बिहीबार

विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सक्रिय राजनीतिमा होइन, सामाजिक परिवर्तनको नायक बन्नुस्

पुस १९, २०८१
काठमाडौं
विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सक्रिय राजनीतिमा होइन, सामाजिक परिवर्तनको नायक बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिएका छन् ।

शीतल निवासबाट बाहिर निस्केको व्यक्ति कुनै दलको भन्दा पनि साझा बन्नुपर्ने उनको राय थियो । 

शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा महामन्त्री शर्माले पूर्वराष्ट्रपति सामाजिक रूपान्तरणको प्रेरक बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् ।

‘पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको भन्ने चर्चा छ,’ शर्माले भने, ‘शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति राजनीतिमा लागेर कसैको मात्र बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न जरुरी छ ।’ ​

पूर्वराष्ट्रपति रामवरण यादव र भण्डारी मिलेर सामाजिक परिवर्तनको झण्डा उचाल्नु पर्ने शर्माले बताए ।

कार्यक्रममा भण्डारीले लिखित मन्तव्य राखिन् । उनले राजनीतिमा फर्किने चर्चाबारे केही बोलिनन् । 

हिजो (बिहीबार) मात्र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीसँग लामो कुराकानी गरेका थिए । भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चाले कम्युनिस्ट पार्टीहरू तरंगित बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्