०१ साउन २०८३, शुक्रबार

गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाउँदै शिख समुदाय

पुस २१, २०८१
काठमाडौं
गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाउँदै शिख समुदाय

गुरु गोविन्द सिंहको जन्मजयन्ती आज आइतबार विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् ।   

प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका हुन् । ।

गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए । उनी निकै शान्त स्वभावको व्यक्तित्व रहेको बताइन्छ । आफ्नो अहित सोच्ने दुश्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्थे । गुरु गोविन्द सिंहको मान्यता थियो कि ‘मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।’

नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौंको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम रहेको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्