
ललितपुर, ३० कात्तिक– पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात भएको छ ।
हातपातमा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले बा.२ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।