२२ असार २०८३, सोमबार

ऋषिकेश पोखरेलका स्वकीय सचिव जोडिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

पुस २१, २०८१
विराटनगर
ऋषिकेश पोखरेलका स्वकीय सचिव जोडिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।

एमबीबीएस अध्ययनका लागि नाम निकालिदिन रकम लिएको आरोप लागेका पोखरेलविरुद्ध प्रहरीले अनुसन्धान थालेको हो ।

उच्च अदालत विराटनगरको आदेशसँगै अनुसन्धानको प्रक्रिया अगाडि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उच्च अदालतले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन भनेको थियो । 

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीले छोरी दीक्षा चौधरीलाई डाक्टर पढाउन विराटनगरमा घडेरी बेचेको बताएका छन् । 

छोरीको सपनालाई साकार बनाउन पैसा दिएको उनको दाबी छ ।

अनिलले एमबीबीएस अध्ययनका लागि नाम निकालिदिने भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको उनको आरोप छ ।

null

salt training

कमेन्ट गर्नुहोस्