१९ असार २०८३, शुक्रबार

‘कांग्रेस–एमाले एक्लै चुनाव लड्ने उद्‌घोष गरेपछि माओवादी अस्तित्व संकटको प्रश्नले त्रसित’

पुस २२, २०८१
काठमाडौं
‘कांग्रेस–एमाले एक्लै चुनाव लड्ने उद्‌घोष गरेपछि माओवादी अस्तित्व संकटको प्रश्नले त्रसित’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य राजनीतिक दलले एक्ला एक्लै चुनाव लड्ने उद्‌घोष गरेपछि माओवादी केन्द्र अस्तित्व संकटको प्रश्नले त्रसित बनेको टिप्पणी गरेका छन् । अस्थिरतामा रमाएका शक्तिहरू अहिले सुनियोजित प्रयासमा लागेको ओलीको आरोप छ ।

केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहमा बेचैनी उत्पन्न भएको आरोप लगाएका हुन् । ‘आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्‌घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहमा बेचैनी उत्पन्न भइरहेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘ती मध्ये कतिपयलाई अस्तित्व संकटको प्रश्नले त्रसित बनाएको छ भने कतिलाई हङ पार्लियामेन्ट भित्र खेलिने झिँगे दाउको खेल अन्त्य हुने चिन्ताले सताएको छ ।’

राजनीतिक प्रतिवेदनमा ओलीले माओवादीले पूर्वराजावादीसँग बसाउठी गरिरहेको आरोपसमेत लगाएका छन् । ‘ऊ (माओवादी) राष्ट्रिय एकता र सामाजिक सद्‌भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ । पूर्वराजावादीसँग बाक्लै बसाउठी गरिरहेको छ,’ ओलीले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्