०८ असार २०८३, सोमबार

३ महिनामा १ सय ९२ फरार प्रतिवादी पक्राउ

पुस २२, २०८१
सप्तरी
३ महिनामा १ सय ९२ फरार प्रतिवादी पक्राउ

पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १ सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरणबारे जानकारी दिएको हो ।

फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु पाँच लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

यसैगरी, एक सय २१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको रु ७० लाख ७२ हजार बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए ।

यस्तै लागुऔषध कारोबारमा संलग्न तीन जनालाई समेत पक्राउ गरिएको छ ।

यस अवधिमा एक सय ८५ सवारीसाधन दुर्घटना भएकामा सातजनाको मृत्यु तथा तीन सय ८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्