०७ साउन २०८३, बिहीबार

८० जनाले बोलेपछि माओवादी बैठक भोलिसम्मका लागि स्थगित

पुस २२, २०८१
काठमाडौं
८० जनाले बोलेपछि माओवादी बैठक भोलिसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । दोस्रो दिनको बैठकमा ८० जनाले बोलेपछि बैठक स्थगित भएको पार्टीले जनाएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा अझै एक सय जना सदस्यले बोल्न बाँकी रहेको माओवादीले जनाएको छ । 

‘नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोल्नुभएको छ। बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ’, माओवादीले भनेको छ, ‘आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल शुरू भएको छ।’

माओवादीको बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय गराउन खोजेकोमा विरोध भएको छ । पार्टी सरकारमा जाँदा राम्रो काम गरेको भन्दै नागरिकबीच यही कुरा लिएर संगठन सुदृढीकरणमा जानुपर्ने गरी सदस्यहरूले आवाज उठाएका छन् । 

त्यस्तै, पार्टी अध्यक्षले नियमित महाधिवेशनको विषय उठाए पनि केही सदस्यले विशेष महाधिवेशनमा जानुपर्ने मत राखेको नेताहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्