१७ असार २०८३, बुधबार

शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित

पुस २२, २०८१
काठमाडौं
शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित

सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा आठ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्दै उनका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेका हुन् ।

 मन्त्री भट्टराईले आज उनीसँग भेट गरी शिक्षा क्षेत्र सुधारका  प्रक्रिया अघि बढिसकेकाले शङ्का नगर्न अनुरोध गरिन् । आर्थिक वर्ष २०८१/८२ बजेट तर्जुमा गर्दा हालको सरकार नरहेका कारण सबै विषय सम्बोधन गर्न कठिन रहेको उनले बताइन् । तथापि हाल विपद्बाट क्षति भएका विद्यालयको पुनःनिर्माण आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पेस भइसकेको उनले बताइन् । 

मन्त्री भट्टराईले संस्थागत विद्यालयमा सरकारले तोके बमोजिम छात्रवृत्ति दिन अनिवार्य गराइएको, स्थानीय तहलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराइने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि जानकारी गराइन् । 

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईंले सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौँ आएका थिए । काठमाडौँमा उनी उभिन थालेको आज आठौँ दिन हो । खुट्टा सुन्निएपछि उनले वैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्