२९ जेठ २०८३, शुक्रबार

क्यानडाका प्रधानमन्त्रीद्वा राजीनामाको घोषणा

पुस २२, २०८१
काठमाडौं
क्यानडाका प्रधानमन्त्रीद्वा राजीनामाको घोषणा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेताबाट राजीनामा दिएका छन् । यससँगै उनी प्रधानमन्त्री पदमा रहिरने छैनन् । 

अब  लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीका रुपमा रहने समाचारमा उल्लेख छ।  

ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने  पत्रकार सम्मेलनमा बताए । 

जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार बिहान  आयोजित पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रत्येक दिन प्रधानमन्त्रीको रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो। हामीले महामारीको समयमा सेवा गर्यौं, बलियो लोकतन्त्रको लागि काम गर्‍यौं, राम्रो व्यापारको लागि काम गर्‍यौं। तिमी सबैलाई थाहा छ म लडाकु हुँ।’
पत्रकार सम्मेलनका क्रममा ट्रुडोले प्रधानमन्त्रीका रूपमा आफ्ना उपलब्धिहरू पनि सार्वजनिक गरेको बीबीसीमा उल्लेख छ। उनले सन् २०१५ मा आफूले सत्ता ग्रहण गर्दाको तुलनामा क्यानडाको अवस्था राम्रो रहेको समेत दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्