२५ जेठ २०८३, सोमबार

क्यानडामा राजनीतिक संकटको संकेत, प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिए

पुस २३, २०८१
काठमाडौं
क्यानडामा राजनीतिक संकटको संकेत, प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिए

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारूढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन् । ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएको बीबीसीले जनाएको छ । 

जस्टिन ट्रुडोले पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गरेका हुन् । योसँगै जस्टिन ट्रुडोको नौ वर्षको शासनको अन्त्य हुँदैछ ।

उनले सन् २०१५ मा प्रधानमन्त्री भएदेखि क्यानडा र यसको हितको रक्षा गर्न काम गरेको बताए । यस क्रममा ट्रुडोले प्रधानमन्त्रीका रूपमा आफ्ना उपलब्धिहरू पनि उल्लेख गरे । 

मतदाताहरूमाझ जस्टिन ट्रुडोको घट्दो लोकप्रियताका कारण लिबरल पार्टीभित्रबाट राजीनामा दिन दबाब आएको बताइएको छ । ट्रुडोले केही समयदेखि विदेशी मोर्चामा मात्र संघर्ष गर्दै आएका छैनन्, घरेलु राजनीतिमा पनि धेरै कठिनाइको सामना गर्नु परेको छ ।

कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । पछिल्लो समय राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।

लिबरल पार्टीको गभर्निङ लिडरबाट ट्रुडोले राजीनामा दिएको घोषणा गरेपछि उनको ठाउँमा पार्टीको नेता को बन्ने भन्ने चर्चा शुरू भएको छ । 

टोरन्टोका सांसद तथा पूर्वउपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डको नाम शीर्ष दावेदारमा परेको छ । यो सूचीमा पूर्वकेन्द्रीय बैंकर मार्क कार्नीको नाम पनि छ । सूचीमा यातायात मन्त्री अनिता आनन्दको नाम पनि छ । क्यानडाकी विदेशमन्त्री मेलानी जोलीको नाम पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्