२८ जेठ २०८३, बिहीबार
बिहानै भूकम्पले हल्लायो

तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

पुस २३, २०८१
काठमाडौं
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना दिंगेकान्टी रहेको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । केन्द्रका अनुसार दिंगेकान्टी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । 

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा काठमाडौं उपत्यकासहित आसपासमा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौंबासी होहल्लासहित घरबाहिर निस्केका थिए । 

तिब्बतको भूकम्पको कम्पन काठमाडौंलगायत देशका पूर्वी पहाड र मधेसमा समेत गरिएको थियो । 

भूकम्पको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्