१४ असार २०८३, आइतबार

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

पुस २४, २०८१
कैलाली
खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । 

सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी पुगेका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताएका हुन् ।

उनले भने, “खानेपानीका क्षेत्रमा के के समस्या छन, म देश भरीमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी बितरण गर्ने मेरो पहिलो लक्षर उदेश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पुर्‍याउँछौँ ।”

 मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व भएको समेत बताए । 

salt training

कमेन्ट गर्नुहोस्