१६ असार २०८३, मंगलबार

मोटी महिलाले यसरी छान्नुस् ड्रेस, देखिन्छ आकर्षक

कात्तिक ३०, २०७४
मोटी महिलाले यसरी छान्नुस् ड्रेस, देखिन्छ आकर्षक

खासगरी मोटो मान्छेलाई विवाह, व्रतबन्धलगायत कुनै पनि पार्टीमा जानुपरे पहिलो चिन्ता ड्रेसकै हुन्छ । प्रायः मोटो शरीर भएका महिलाको एउटै गुनासो छ कि सारी सधैँ लगाइन्छ, कहिलेकाहीँ फरक ड्रेसअप पनि गरौँ न । विशेष गरेर ३० वर्षभन्दा माथिका महिला विवाहित र बच्चाबच्ची भइसकेको हुने हुनाले शरीर केही भद्दा हुनु स्वाभाविकै पनि हो । उनीहरूले अविवाहित युवतीले जस्तो पहिरन छान्न गाह्रो हुन्छ । त्यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छ :

सारीबाहेक केही डिफ्रेन्ट खालको पहिरन, जुन उमेरअनुसार फिट रहोस् । जस्तै– लङ गाउन, अनारकली, लेहेंगा चोली ।

लङ गाउन जहिल्यै पनि प्लेन कपडामा बनाउनुपर्छ । प्लेन कपडामा हल्का बोर्डरले डिजाइन गर्नुपर्छ ।


लेहेंगा चोलीमा पनि बोर्डर सानो, यदि हाइट धेरै भए ठूलो बोर्डर हेरेर डिजाइन गर्नुपर्छ । चोली लामो गरेर पनि बनाउन सकिन्छ । सकेसम्म पेट भएकाहरूलाई हाई बेस्ट लेहेंगा लगाउँदा राम्रो देखिन्छ ।

लेहेंगा होस् वा गाउन, जे लगाउँदा पनि मुख्य रूपमा कलर कम्बिनेसनलाई ध्यान दिनुपर्छ । भद्दा कपडा नछानी प्लेन कपडा, जर्जेट, सिफन, लाइब्राजस्तामा डिजाइन गर्ने हो भने स्टाइलिस देखिन्छ ।

अनारकली बनाउँदा सकेसम्म चोली नछुटाई बनाउनुपर्छ । सकेसम्म अनारकली पनि प्लेन कपडामै डिजाइन गर्दा राम्रो हुन्छ । अझै अनारकली पनि सुरुवाल नलगाउने गरी गाउन स्टाइलमा राम्रो देखिन्छ ।

लङ कुर्ती पनि पार्टीवेयरमा लगाउन सकिन्छ । यसलाई स्टाइलिस बनाएर माथि प्लेन कपडा लिई इम्ब्रोइडरी गरेर तल प्रिन्टेड फेब्रिकमा सुरुवाल डिजाइन गरेर बनाउन सकिन्छ । जुन अहिलेको फेसनमा छ ।

जहिल्यै पनि एउटा कुरा के ख्याल गरौँ भने मोटो शरीरका लागि सधैँ प्लेन कपडामा हल्का डिजाइन गर्नुपर्ने र कलर कम्बिनेसनमा ध्यान दिन जरुरी छ ।

स्यान्डलचाहिँ हरेक पार्टीवेयर ड्रेसमा अनि हल्का साइनिङमा राम्रो देखिन्छ । स्यान्डलमा गोल्डेन अलि राम्रो देखिन्छ । -नयाँ पत्रिकबाट 

salt training

कमेन्ट गर्नुहोस्