२६ जेठ २०८३, मंगलबार

शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ : मन्त्री यादव​

पुस २४, २०८१
कैलाली
शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ : मन्त्री यादव​

खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।​ सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज कैलालीमा भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए ।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिरएको मन्त्री यादवले बताए ।

उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए ।

पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्