३२ असार २०८३, बिहीबार

तरकारी किन्न हिँडेकी श्रीमती भिखारीसँग भागिन्, ६ बच्चासहित प्रहरी कार्यालय पुगे श्रीमान

पुस २४, २०८१
काठमाडौं
तरकारी किन्न हिँडेकी श्रीमती भिखारीसँग भागिन्, ६ बच्चासहित प्रहरी कार्यालय पुगे श्रीमान
एआई जेनेरेटेड तस्वीर ।

चलचित्र र साहित्यमा एउटा चर्चित भनाइ छ, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ ।’ प्रेमबारे अर्को भनाइ पनि छ- 'प्रेम अन्धो हुन्छ ।' अर्थात् मान्छे प्रेममा परेपछि केही हेर्दैन । उनीहरूलाई आफूले गरेका सबै काम जायज लाग्छन् ।

भारतमा एउटा यस्तै अनौठो प्रेमको घटना सार्वजनिक भएको छ । उत्तर प्रदेशको हरदोईस्थित हरपालपुरमा एक जनाले आफ्नो श्रीमती भिखारीसँग भागेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार राजु नाम गरेका ती पुरुषले आफ्नी श्रीमती नन्हे पण्डित नामका भिखारीसँग भागेको आरोप लगाएका हुन् । 

इन्डिया टुडेको रिपोर्टअनुसार राजुले भनेका छन्, 'मेरो घरमा एउटा भिखारी सधैं आउँथ्यो । चामल र पैसा लिएर जान्थ्यो । अन्तत: मेरो श्रीमती उसैसँग प्रेममा परिन् र पैसासमेत लिएर भागिन् ।' 

राजुले भिखारीबाहेक आफ्नी श्रीमतीविरुद्ध पनि एफआईआर दर्ता गरेको बताए । ३६ वर्षीया श्रीमती ६ सन्तानकी आमा भएको उनले प्रहरीलाई बताएका छन् ।​

null

राजुका अनुसार उनकी श्रीमती जनवरी ३ तारिखमा तरकारी र कपडा किने भन्दै बजार गएकी थिइन् । त्यसपछि उनी घर फर्किनन् ।

प्रहरी चौकीमा उजुरी दिने क्रममा राजुका सबै छोराछोरी पनि उपस्थित थिए । श्रीमतीले घरबाट पैसा लिएको उनको आरोप छ । श्रीमतीले पनि घरबाट डेढ लाख रुपैयाँ लिएर गएको उनले बताए । उनीहरूबीच २० वर्षअघि बिहे भएको थियो । 

हरपालपुर प्रहरीले पनि उजुरी आएको पुष्टि गरेको छ । प्रहरीले मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजी भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्