
नुवाकोट, १ मंसिर– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्रनम्बर २ का उम्मेदवार डा. रामशरण महतको गाडी एम्बुसमा परेको छ । चुनावी प्रचारका लागि नुवाकोटको ककनी गाउँपालिका जाने क्रममा वडा नम्बर ७ मा महतको गाडीमा बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा परी नेपाली कांग्रेसका तीनजना कार्यकर्ता घाइते भएका छन् भने नेता महत भने सकुशल रहेको जनाइएको छ । घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङको परिचय खुलेको छ । अन्य तीन जनाको नाम खुल्न सकेको छैन ।
महतको चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । बम बिस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदैछ ।