०३ असार २०८३, बुधबार

तात्दैछ पृथ्वी : दुई डिग्री धेर तातेमा पानीमा डुब्ने खतरा !

तात्दैछ पृथ्वी : दुई डिग्री धेर तातेमा पानीमा डुब्ने खतरा !

काठमाडौं, १ मंसिर — पृथ्वीमा वर्षैपिच्छे तापक्रम वृद्धि भइरहेको छ । वैज्ञानिकहरूका अनुसार, सन् १९५० देखि अहिलेसम्म पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियस बढिसकेको छ ।

तीव्र गतिमा भएको औद्योगिकीकरण यसका लागि जिम्मेवार छ । तापक्रम वृद्धिका कारण मौसम पनि छिटोछिटो परिवर्तन भइरहेको छ । 

संसारका सबै देशले तापक्रम वृद्धिलाई रोक्नका लागि एकजुट भएर कडा कदम चाल्नुपर्ने बताएका छन् । कडा कदम नचालेमा आगामी १०० वर्षभित्र पृथ्वीको जनजीवनमा गम्भीर चुनौती खडा हुन्छ । 

धेरैजसो वैज्ञानिकहरूले दाबी गरेअनुसार, तापक्रम बढ्न रोकिएन भने आगामी केही दशकमा पृथ्वीको तापमान २ देखि ४ डिग्री सेल्सियससम्म बढ्न सक्छ । यस्तो स्थितिमा यहाँ बताइएका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ः

पृथ्वीमा तापक्रम बढ्दा हावाहरू स्वाभाविक रूपमा तात्छन् र पृथ्वीका धेरै भाग लूको चपेटामा पर्छन् ।

पृथ्वीमा अधिक तापमान र लूका कारण समुद्रको जलस्तर बढ्छ । समुद्रतलमा वृद्धि ०.७ देखि १.२ मिटरसम्म हुन्छ । 

तापक्रम बढ्ने अनि समुद्रतलमा वृद्धि हुने हुँदा मौसममा गडबडी हुन्छ । यस्तो स्थितिमा मनसूनमा अत्यधिक पानी पर्ने र बाढी आउने सम्भावना हुन्छ । गर्मीका दिनहरू लामो हुनेछन् जसकारण सुक्खा र खडेरी हुनेछ । 

विश्वव्यापी तापक्रममा वृद्धि हुँदा तूफान र तीव्र गतिको हावा चलेर धेरै देशमा असर पर्नेछ । यसले गर्दा धेर पानी पर्ने अवस्था पनि आउँछ । 

मौसम वैज्ञानिकहरूका अनुसार, पृथ्वीको तापक्रम अत्यधिक बढ्दा समुद्री तटमा लहरहरूको गति पनि बढ्नेछ । यसकारण समुद्री किनारमा जीवनयापन मुश्किल हुनेछ । तटीय क्षेत्रमा बाढीको खतरा हुनेछ । 

तापक्रममा वृद्धि हुँदा संसारभरि खेतीमा गम्भीर असर पर्छ । खाद्य उत्पादन नराम्ररी प्रभावित हुन्छ । पृथ्वीको उत्पादन क्षमता घटेर जान्छ । 

पृथ्वीमा तापक्रम वृद्धि हुँदा अनेकौं रुखबिरुवा र प्रजातिहरूलाई उपयुक्त वातावरणको खोजीमा चुनौती आउनेछ । मानवसहित रुखबिरुवाहरू र अन्य जनजीवन तापमान वृद्धिअनुरूप आफूलाई ढाल्न असफल पनि हुन सक्छन् ।

यस्तो स्थिति सन् २१०० सम्म रहने केही वैज्ञानिकको दाबी छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्