
काठमाडौं, १ मंसिर - इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुटसहितको ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत एक वर्षको इन्टरनेट प्याकेजमा डबल ब्यान्डविथ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना शुरुवात गरेको हो । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने , सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेज मा रुपान्तरण गर्र्नेे जनाएको छ ।
पहिले देखिनै प्रदान गरिरहेको ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवरको शुल्क बुझाउन नपर्ने कम्पनीले जनाएको छ । साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ । वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।
कम्पनीको मुख्य उद्देश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहाँ पनि सबै समय सबैलाई जोडने लक्ष अन’सार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागु हुनेछ ।