२८ असार २०८३, आइतबार

पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

पुस २७, २०८१
काठमाडौं
पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४८ वर्षीया शिवा न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-५ नमुनाटोल घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४७ वर्षीया भूमिका देवान रहेका छन् ।

पक्राउमध्ये शिवाले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख रूपैयाँ र भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शिवालाई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट र भूमिकालाई ललितपुर महानगरपालिका-२७ सुनाकोठीबाट पक्राउ गरेको हो । 

शिवालाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने भूमिकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्