१९ असार २०८३, शुक्रबार

लागुऔषध मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

पुस २७, २०८१
विराटनगर
लागुऔषध मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एवं शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी- ४ का ४१ वर्षीय उत्तमकुमार तामाङ, इटहरी- ७ का ४७ वर्षीय दीपकविक्रम साह र सुन्दरहरैचा नगरपालिका- १० का २७ वर्षीय सुमन कोइराला छन् ।

तामाङलाई ​२०८१ जेठ १७ गते विराटनगर जिल्ला अदालतले १० महिना २० दिन कैदको सजाय तोकेको थियो ।

यसैगरी साहलाई २०८० मंसिर ७ गतेको आदेशले ७ महिना कैद र ३ हजार जरिबाना तथा कोइरालालाई २०८० पुस १९ गते अदालतले १ महिना १३ दिन कैद सजाय निर्धारण गरेको थियो ।

उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्