२७ असार २०८३, शनिबार

काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि, आजै बयान शुरू हुने

पुस २८, २०८१
काठमाडौं
काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि, आजै बयान शुरू हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । 

कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित भएका हुन् । 

अब आइतबार नै उनको बयान हुनेछ । प्रतिवादीको बयानपछि थुनछेक बहस शुरू हुनेछ । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा निर्णय हुनेछ । 

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार कास्की अदालतको आदेश बमोजिम ६५ लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए ।​

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविलगायतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्