१० साउन २०८३, आइतबार

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुस २८, २०८१
काठमाडौं
१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २ हजार ६८१ डलरमा कारोबार भएको थियो ।

गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्