०७ साउन २०८३, बिहीबार

सिँचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड ८८ लाख ​बिगो

पुस २८, २०८१
काठमाडौं
सिँचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड ८८ लाख ​बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिएको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरिएको छ।

त्यसैगरी, श्रेष्ठको एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम ५ करोड ३२ लाख ८ हजार ९४४, घर निर्माण लागत रकम एक करोड १२ लाख ६९ हजार ५३५ रूपैयाँ ९४ पैसा, कम्पनी स्थापना तथा सञ्चालन खर्च रकम ३२ लाख, शैक्षिक तथा अध्ययन खर्च रकम ३० लाख ४३ हजार ७६८ रूपैयाँ ४५ पैसा, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा भुक्तानी रकम ७ करोड ३१ लाख ७७८ रूपैयाँ १७ पैसा खर्च भएको पाइएको  छ।

शेयर खरिद रकम एक करोड ३२ लाख ५५ हजार ४४५ रूपैयाँ ५८ पैसा, व्यक्तिगत वैदेशिक भ्रमण रकम १४ लाख ४० हजार, कम्पनीको कर भुक्तानी रकम ६० हजार ७९०, बीमा प्रिमियम किस्ता भुक्तानी रकम ५ लाख ८५  हजार १३५, विद्युतीय उपकरण खरिद रकम एक लाख ५ हजार, सुन खरिद  ९ लाख ४० हजार र बैंक मौज्दात रकम ११ लाख ८६ हजार १३१ रूपैयाँ ५७ पैसा गरी १६ करोड १३  लाख ९५ हजार ५२८ रूपैयाँ ७१  खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

श्रेष्ठको जाँच अवधिमा ४ करोड ८८ लाख ३० हजार ३२९ रूपैयाँ ५४ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेकाले मुद्दा दायर गरिएको हो ।

साथै, श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उनीहरूलाई पनि प्रतिवादी कायम गरी आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता घिमिरे बताए । 

salt training

कमेन्ट गर्नुहोस्