२२ असार २०८३, सोमबार

सावधान ! यस्ता कपडाले स्वास्थ्यलाई गर्छन् हानि

सावधान ! यस्ता कपडाले स्वास्थ्यलाई गर्छन् हानि

काठमाडौं, १ मंसिर — आधुनिक जीवनशैली अपनाएका मानिसले स्टाइलिश देखिनका लागि नयाँ नयाँ फेशन ट्रन्ड फलो गरिरहेका हुन्छन् । 

आजकल टाइट जीन्स लगाउने फेशन चलेको छ । फिगरलाई हट देखाउनका लागि लगाइने टाइट जीन्सका कारण क्यान्सर र हृदयघात जस्ता रोग लाग्न सक्छन् । 

टाइट जीन्स वा लेगिङ लगाउँदा पेटमा दबाब पर्छ र फूड पाइपमा एसिड बन्न थाल्छ । यसकारण आत्तिने स्थिति आउँछ । 

यस्ता लुगा लगाउँदा छालामा राम्ररी हावा पुग्न पाउँदैन । यसो हुँदा चिलाउने, पसिना आउने र पोल्ने समस्या आउँछ । छालामा –यासेज आउन सक्छ । 

लामो समयसम्म टाइट कपडा लगाउँदा मेरुदण्ड, पेट र कम्मरको तल्लो भागका मांसपेशीहरू कमजोर हुन्छन् । ती भागमा पीडा हुन्छ । 

टाइट जीन्स लगाउँदा क्यान्डिडा यीस्ट इन्फेक्सन नामक रोग लाग्छ । यसले योनिवरिपरि फुल्ने र चिलाउने समस्या निम्त्याउँछ । 

टाइट जीन्स लगाएर दिनभरि उभिँदा गोडा कमजोर हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्