
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । गएराति साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनल खेलमा रियल मड्रिडलाई ५-२ गोलले पराजित गर्दै बार्सिलोना सुपर कपको उपाधि जितेको हो । यसअघि अक्टोबरमा घरेलु लिगमा रियल बार्सिलोनासँग ४–० ले पराजित भएको थियो । सन् २०२५ मा बार्सिलोनाको यो लगातार तेस्रो जित हो। गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो ।
किलियन एमबाप्पेले आफ्नो दोस्रो क्लासिकोमा रियललाई शुरूआतमै अग्रता दिलाएका थिए । तर, बार्सिलोनाले राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोलमा पुनरागमन जीत निकाल्न सफल भयो।

यमलले २२औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काएका थिए । उनले लेवान्डोव्स्कीको पासमा गोल गरेका हुन् । ३६औं मिनेटमा लेवान्डोव्स्की आफैंले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा बार्सिलोनाले अग्रता ४–१ मा पुर्याइसकेको थियो । त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता अझ लम्बाए।
बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । स्जेन्स्नीले ‘ब्रेकअवे’ गर्न खोज्दा डिबक्सबाहिर फउल गरेपछि उनले रातो कार्ड पाएका थिए ।