०७ साउन २०८३, बिहीबार

विश्वकप अगाडिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित

पुस २९, २०८१
काठमाडौं
विश्वकप अगाडिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित

आईसीसी यू-१९ महिला विश्वकप अगाडिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । 

११० रनको लक्ष्य पछ्याएको नेपाल ९ रनले पराजित भएको हो । 

१९.१ ओभरमा नेपाल १०० रनमा अलआउट हुन पुग्यो । 

नेपालका तर्फबाट सिमाना केसीले २३, पूजा महतो र किरण कुमारी कुँवरले समान १८ र सोनी पाख्रिनले १५ रनको योगदान गरे।  

अभ्यास खेलपछि नेपालले समूह ‘डी’मा अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्