२५ असार २०८३, बिहीबार
शान्तिको संकेत

इजरायल र हमासबीच १५ महिनापछि युद्धविराम सम्झौता

माघ ३, २०८१
काठमाडौं
इजरायल र हमासबीच १५ महिनापछि युद्धविराम सम्झौता

इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ । १५ महिनादेखि गाजामा जारी युद्ध अन्त्य गर्न दुई पक्ष युद्धविराम सम्झौतामा पुगेका हुन् । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

समझौता आइतबारदेखि लागू हुने समाचारमा उल्लेख छ । 

गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् ।

सम्झौताले लाखौं विस्थापितलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।

सम्झौताअनुसार पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्