०८ असार २०८३, सोमबार

बेलायती कन्जरभेटिभ पार्टीका नेतासँग कोइरालाको भेटवार्ता

माघ ३, २०८१
काठमाडौं
बेलायती कन्जरभेटिभ पार्टीका नेतासँग कोइरालाको भेटवार्ता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती कन्जरभेटिभ पार्टीका नेता जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् । 

बेलायत भ्रमणमा रहेका नेता कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा एवं पूर्वविदेशमन्त्री समेत रहेका क्लेभर्लीसँग भेटघाट गरेका हुन् । 

भेटमा नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोगजस्ता विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ ।

कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत् बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका छन् ।

कोइरालाले यसअघि बुधबार तत्कालीन शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग भेटघाट गरेका थिए । 

लन्डनमा भएको भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो टुङ्ग्याउन सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्