०६ साउन २०८३, बुधबार

सैफ अलि खानको घरमा कसरी पसे आक्रमणकारी? सीसीटीभी फुटेजबाट खुल्यो रहस्य

माघ ३, २०८१
काठमाडौं
सैफ अलि खानको घरमा कसरी पसे आक्रमणकारी? सीसीटीभी फुटेजबाट खुल्यो रहस्य

बलिउड अभिनेता सैफ अलि खानमाथि भएको आक्रमणको अनुसन्धानमा जुटेको प्रहरीले केही महत्त्वपूर्ण खुलासा गरेको छ । 

यसै क्रममा, सैफमाथि आक्रमण गर्ने व्यक्ति कसरी उनको घरमा प्रवेश गरे भन्नेबारे प्रहरीले तथ्य सार्वजनिक गरेको छ । 

प्रहरीले सैफको घरको छेउको अर्को भवनबाट एक व्यक्ति उनको घरभित्र प्रवेश गरेको देखिएको बताएको छ। यसको भिडियो पनि सार्वजनिक भएको छ। यस भिडियोमा ती व्यक्ति कसरी अभिनेता सैफको घरभित्र प्रवेश गरे भन्ने देखिन्छ । 

यसअघि प्रहरीले दिएको बयान अनुसार घटनास्थलको आसपास रहेका सबै सीसीटीभी फुटेज जाँच गर्दैछ। फेला परेको फुटेजमा दुई व्यक्तिहरू देखिएका छन्। हाल प्रहरीलाई यीमध्ये अभिनेतामाथि आक्रमण गर्ने को कुन् भनेर पत्ता लगाउन कठिनाइ भइरहेको छ। प्रहरीले दुवैको खोजी जारी राखेको छ। यस घटनाको छानबिनका लागि १५ टोली गठन गरिएको छ।

सैफपत्नी करिना कपूर बुधबार राति करिब १:३० बजे एउटा पार्टीमा सहभागी भएर घर फर्किएकी थिइन् र सैफमाथि राति करिब २ बजे आक्रमण भएको थियो।

आक्रमणकारीले पहिले सैफको घरायसी सहयोगीमाथि हमला गरेका थिए । यो क्रममा बीचमा रोक्न आएका अभिनेता सैफ पनि घाइते भएका थिए।

सैफमाथि चक्कु प्रहार गरी छ पटक आक्रमण गरिएको छ, जसमध्ये दुई वटा चोट धेरै गहिरो छन्।

उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ, जहाँ अहिले उनको अवस्था स्थिर छ। चिकित्सकका अनुसार उनको शल्यक्रिया सफल भएको छ। उनी खतरामुक्त रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्