०२ साउन २०८३, शनिबार

डाभोसमा ‘युनिभर्सल पिस फोरम’ घोषणा गर्दै रिन्पोछे, लुम्बिनीलाई विश्व शान्ति धामको रूपमा प्रचार गरिने

माघ ३, २०८१
काठमाडौं
डाभोसमा ‘युनिभर्सल पिस फोरम’ घोषणा गर्दै रिन्पोछे, लुम्बिनीलाई विश्व शान्ति धामको रूपमा प्रचार गरिने

स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको वर्ल्ड इकोनोमिक फोरमको दौरान ‘युनिभर्सल पिस फोरम’को घोषणा गरिने भएको छ ।

कपनमा रहेको श्याल्पा गुम्बाका श्याल्पा तेन्जिन रिन्पोछेले युनिभर्सल पिस फोरम घोषणा गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । 

जनवरी २१ मा स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको वर्ल्ड इकोनोमिक फोरममा रिन्पोछे सहभागी हुन लागेका छन् ।​

वर्ल्ड इकोनोमिक फोरममा गरिने पिस फोरमको घोषणाले बुद्धभूमि नेपालको प्रचार हुने र नेपालले वैदेशिक लगानी भित्र्याउन सक्ने सम्भावना रहेको रिन्पोछेले बताए ।​

इकोनोमिक फोरममा ५६ राष्ट्रका प्रमुख र हजारौं व्यवसायीक घरानाका प्रतिनिधि उपस्थित हुनेछन् । फोरममा लुम्बिनीमा बन्न लागेको विश्व शान्ति धामको बारेमा समेत जानकारी गराइने छ । ‘शान्ति धामले सबै किसिमका व्यापारिक घरानाहरूलाई नेपालसँग जोडिने मौका प्राप्त हुनेछ,’ पत्रकार सम्मेलनमा रिन्पोछेले भने ।  

null

जनवरी २१ मा ‘विश्व शान्ति धाम’ को शुभारम्भ गर्ने तयारी छ । ‘लुम्बिनीलाई विश्व शान्ति धाम बनाइसकेपछि देशको विकासका लागि ठूलो योगदान दिन सक्छौ भन्ने लागेको छ ।​ विश्वभरिमा नेपाल यस्तो राष्ट्र हो भनेर हामीले चिनाउने र आफ्नो कुरा राख्न पाउने स्थान पनि यो फोरम हो,' रिन्पोछेले भने, ‘हामी कम्प्युटरको हार्डवेयर जस्तो हौ अब, हामीलाई सफ्टवेयर आवश्यक छ । जुन विश्व शान्ति धामले प्रदान गर्नेछ ।’ 

विश्व शान्ति धाम केवल नेपालीको लागि मात्र नभई सम्पूर्ण मानव जातिको लागि दिगो विकास र समृद्धिको बाटो खोल्ने उनको भनाइ छ । 

‘विश्व शान्ति धाम एक ऐतिहासिक र समावेशी स्मारक हुनेछ । जहाँ आस्तिक र नास्तिक जे भए पनि प्रत्येक जाति, रङ्ग, धर्म र विश्वासका मानिस आउन सक्नेछन्,' उनले भने, ‘हामीले यसलाई ‘भित्री शान्तिमार्फत विश्व शान्ति’ प्राप्त गर्ने केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गरेका छौं ।’

हेर्नुहोस्, श्याल्पा रिन्पोछेसँग गरिएको भिडियो अन्तर्वार्ता : 

salt training

कमेन्ट गर्नुहोस्